अतिभारी वर्षाको जोखिम क्षेत्रमा असोज ८ र ९ गते विद्यालय बिदा दिन निर्देशन

  • बुधबार ७ असो २०८३ ०३:०१ PM
काठमाण्डु – आगामी असोज ९ देखि ११ गतेसम्म देशका विभिन्न भागमा भारीदेखि अतिभारी वर्षा, हिमपात र चट्याङ पर्ने सम्भावनालाई दृष्टिगत गर्दै सरकारले असोज ८ र ९ गते विद्यालयहरूमा बिदा दिन अनुरोध गरेको छ । जल तथा मौसम विज्ञान विभाग एवम् राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पूर्वानुमानका आधारमा शिक्षा तथा खेलकुद मन्त्रालयले सबै शिक्षा