काठमाडौँ । राष्ट्रकवि माधवप्रसाद घिमिरेको नाममा स्थापित ‘माधव घिमिरे पुरस्कार’ वरिष्ठ गीतकार कालिप्रसाद रिजाललाई प्रदान गरिएको छ । राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०७औँ जन्मजयन्तीका अवसरमा आज मस्र्याङ्दी वाङमय प्रतिष्ठानले एक कार्यक्रमको आयोजना गरी उक्त पुरस्कार प्रदान गरेको हो । नगद रु एक लाख राशि, प्रमाणपत्र र दोसल्लासहित उक्त पुरस्कार नेपाली शिक्षा परिषद्की अध्यक्ष एवं वरिष्ठ साहित्यकार रमा शर्मा र प्रतिष्ठानका अध्यक्ष विजयराज न्यौपानेले वरिष्ठ गीतकार रिजाललाई संयुक्त रुपमा हस्तान्तरण गरे । कार्यक्रममा नेपाली शिक्षा परिषद्की अध्यक्ष शर्माले नेपाली साहित्य क्षेत्रको उन्नयनमा राष्ट्रकवि घिमिरेको योगदान महत्वपूर्ण रहेको बताइन् । राष्ट्रकवि घिमिरे नेपाली काव्य र साहित्य क्षेत्रको सगरमाथा भएको उनको भनाइ थियो । पुरस्कृत व्यक्तित्व वरिष्ठ गीतकार रिजालले राष्ट्रकविको नाममा स्थापित पुरस्कार आफूलाई प्रदान गरेको भन्दै हार्दिक आभार व्यक्त गरे । नेपाली भाषा, कला, साहित्य, संस्कृति र ज्ञानविज्ञानको उन्नयनका लागि २०५३ सालमा स्थापना भएको मस्र्याङ्दी वाङ्मय प्रतिष्ठानले यस वर्षको राष्ट्रकविको नाममा स्थापित पुरस्कार गीतकार रिजाललाई प्रदान गर्ने निर्णय गरेको प्रतिष्ठानका अध्यक्ष न्यौपानेले बताए । राष्ट्रकवि घिमिरेकी धर्मपत्नी महाकाली घिमिरे, सुपुत्रद्वय इन्दिवर घिमिरे र राजिव घिमिरेद्वारा मस्र्याङ्दी वाङ्मय प्रतिष्ठानको कोषमा रहने गरी रु २७ लाखको अक्षयकोष स्थापना गरिएसँगै उक्त अक्षयकोषबाट आउने ब्याजमार्फत हरेक वर्ष पुरस्कार प्रदान गरिँदै आएको छ । नेपाली साहित्य र सङ्गीत क्षेत्रमा एक विशिष्ट व्यक्तित्वका रूपमा परिचित वरिष्ठ गीतकार रिजालले नारायणगोपालले गाएको चर्चित गीत ‘केही मिठो बात गर