काठमाण्डु – असोज ८ गतेदेखि हुन सक्ने भारी वर्षा र त्यसबाट उत्पन्न हुन सक्ने जोखिम न्युनीकरणको पूर्वतयारी गर्न गृह मन्त्रालयले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) लाई निर्देशन दिएको छ । गृह सचिव केदारनाथ शर्माको आतिथ्यमा भएको छलफलमा आगामी वर्षाको सम्भावित अवस्था, जोखिमयुक्त जिल्लामा अपनाउनुपर्ने सतर्कता तथा सर्वसाधारणलाई प्रवाह गर्नुपर्ने सूचना र सवारी आवागमन