बाढीमा बेपत्ता सेनाका सहायक सेनानी धामीको कुशको शव बनाएर अन्त्येष्टि

  • बुधबार ७ असो २०८३ १२:२४ PM
बाढीमा परी बेपत्ता भएका नेपाली सेनाका सहायक सेनानी देवसिंह धामीको अन्त्येष्टि गरिएको छ। बाढीमा परेको २८ दिनसम्म पनि फेला नपरेपछि परिवारले बुधबार कुसको शव बनाएर अन्तिम संस्कार गरेका हुन्। दार्चुलाको लेकम गाउँपालिका-४ का देवसिंह नेपाली सेनाको श्रीनाथ गणमा कार्यरत थिए। भदौ १० गते भोटेकोसी बाढीमा परी बेपत्ता भएका थिए। २८ दिन बित्दा पनि पत्ता नलागेपछि