उधारो असुलीका लागि छुट्टै कानुन बनाउन चेम्बरको प्रस्ताव, सरकारलाई बुझायो मस्यौदा

  • बुधबार ७ असो २०८३ १२:२९ PM
नेपाल चेम्बर अफ कमर्सले उद्योग तथा व्यवसाय क्षेत्रमा लामो समयदेखि देखिँदै आएको उधारो रकम नउठ्ने समस्या समाधानका लागि ‘व्यापारिक उधारो रकम असुली विधेयक, २०८३’ को प्रारम्भिक मस्यौदा तयार गरी सरकारलाई बुझाएको छ । चेम्बरका अध्यक्ष कमलेशकुमार अग्रवाल नेतृत्वको प्रतिनिधिमण्डलले बुधबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीलाई भेटेर उक्त मस्यौदा हस्तान्तरण गरेको हो। वस्तु तथा