उद्योगमन्त्रीलाई व्यापारिक उधारो असुलीसम्बन्धी विधेयकको प्रारम्भिक मस्यौदा हस्तान्तरण

  • बुधबार ७ असो २०८३ ११:४० AM
काठमाण्डु – नेपाल चेम्बर अफ कमर्सले उद्योग तथा व्यवसाय क्षेत्रमा लामो समयदेखि देखिँदै आएको व्यापारिक उधारो रकम असुलीको समस्या समाधानका लागि तयार गरिएको ‘व्यापारिक उधारो रकम असुली विधेयक, २०८३’को प्रारम्भिक मस्यौदा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिपक कुमार साहसमक्ष हस्तान्तरण गरेको छ । चेम्बर अध्यक्ष कमलेश कुमार अग्रवाल नेतृत्वको चेम्बर प्रतिनिधिमण्डलले बुधवार मन्त्री साहलाई भेट