पिमलटार–जागाराम झोलुङ्गे पुल पुनर्निर्माणपछि आवतजावत पूर्णरूपमा सञ्चालन

  • बुधबार ७ असो २०८३ ११:५५ AM
काठमाण्डु – रसुवाको भोटेकोशी बाढीबाट क्षतिग्रस्त नुवाकोटको बेलकोटगढीस्थित पिमलटार–जागाराम झोलुङ्गे पुलको पुनर्निर्माण सम्पन्न भएको छ । पुनर्निर्माण कार्य पूरा भएसँगै पुलबाट आवतजावत पूर्णरूपमा सञ्चालनमा आएको सरकारले जनाएको छ । बाढीबाट क्षतिग्रस्त पुलका बटारिएका लठ्ठा सोझ्याउने, ह्यान्ड रेल केबल फेर्ने तथा स्टिल डेक र बिम जडान गर्ने काम सम्पन्न गरी बुधबार जाली राख्ने कार्यसमेत पूरा गरिएको