काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले वर्तमान राजनीतिक परिस्थितिमा सत्तारुढ दलभन्दा प्रमुख प्रतिपक्षका रूपमा कांग्रेस थप जिम्मेवार र परिपक्व बन्नुपर्ने बताएका छन् । बुधबार काठमाडौं महानगर अधिवेशनलाई सम्बोधन गर्दै पौडेलले आगामी १५औँ महाधिवेशनबाट आउने नयाँ नेतृत्वले चुनौतीपूर्ण अवस्थामा सशक्त भूमिका निर्वाह गर्नुपर्ने बताए । उनले पार्टीभित्र देखिएको निराशा चिर्दै कार्यकर्तालाई उत्साहित भएर आफ्नो जिम्मेवारी