मौसमजन्य सम्भावित विपद जोखिम घटाउन पूर्व तयारी र प्रतिकार्यमा महानगरपालिकाका संयन्त्र सक्रिय बनाउने समितिको निर्णय

  • बुधबार ७ असो २०८३ ०४:५६ PM
काठमाडौँ । मौसमजन्य सम्भावित विपद जोखिमका विषयमा छलफल गर्दै महानगर विपद व्यवस्थापन समितिले पूर्वतयारी र प्रतिकार्य संयन्त्रलाई सक्रिय बनाउने निर्णय गरेको छ । आज काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको महानगरस्तरीय विपद् व्यवस्थापन समितिको वैठकले ढल, मंगाल, नाली तथा क्याचपिटलाई नियमित सफाइ गर्ने, उद्धार सामग्री तयारी अवस्थामा राख्ने, सूचना प्रणालीलाई चुस्त बनाउने र वडा तहदेखि सुरक्षा निकायसम्मको समन्वय प्रभावकारी बनाउने निर्णय गरेको हो । वङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको असर र प्रतिकार्य, विपदका घटनामा राहत वितरण शिफारिस प्रणाली लगायत विषयमा छलफल गर्दै बैठकले, जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडिआरआरएमए) बाट प्राप्त हुने अवस्थाको तथ्यका आधारमा महानगरवासीलाई सुरक्षित रहन सूचना प्रवाह गर्ने निर्णय भएको छ । वैठकले विपद्को अवस्थामा महानगर प्रहरी बलको कन्ट्रोल रुममार्फत तत्काल जानकारी गराउन सूचित गर्ने निर्णय गरेको छ ।  बंगालको खाडीबाट विकसित भएको चक्रबात विकास भएपछिको नेपालमा असोज ८ गतेदेखि १२ गतेसम्मको सम्भावित भारी, धेरै भारीको सम्भावना रहेको पूर्वानुमान भएपछि यसको प्रभावबाट बच्न पूर्व तयारी तथा प्रतिकार्यका विषयमा बैठक बसेको थियो । २४ घण्टामा ५० देखि १ सय मिलिमिटर पानी पर्नु भारी वर्षा हो । १ सय मिलिमिटरदेखि २ सय मिलिमिटर सम्म पानी पर्नु धेरै भारी र २ सय मिलिमिटर वा त्योभन्दा धेरै वर्षा हुनु अति भारी बर्षा हो ।  वैठकमा कार्यवाहक प्रमुख डंगोलले, विपद प्रतिकार्यका लागि हामी आज कुन अवस्थामा छौँ