देशभर भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन प्रधानमन्त्री बालेनको आग्रह

  • बुधबार ७ असो २०८३ ११:१७ AM
जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान उद्धृत गर्दै प्रधानमन्त्री बालेन शाहले शुक्रबारदेखि देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षाको जोखिम रहेकाले सतर्कता अपनाउन सम्पूर्ण नागरिकलाई आग्रह गरेका छन् । राष्ट्र संघको महासभामा भाग लिन अमेरिका गएका प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत् सम्पूर्ण देशबासीका नाममा सम्भावित विपद् जोखिम न्यूनीकरणका लागि सम्बन्धित निकायहरूलाई आवश्यक तयारी, समन्वय तथा पूर्वसतर्कता