अनलाइन जुवा तथा सट्टाबाजीमा संलग्न ४८ जना पक्राउ

  • बुधबार ७ असो २०८३ १२:०३ PM
बाँकेको कोहलपुरबाट अनलाइनमार्फत जुवा तथा सट्टाबाजीमा संलग्न ४८ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार कोहलपुर नगरपालिका–११ न्युरोडस्थित होटल म्याक्समा अनलाइनमार्फत जुवा तथा सट्टाबाजी भइरहेको सूचनाका आधारमा प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा ४६ जना भारतीय नागरिक र दुई जना नेपाली नागरिक रहेका छन्। उनीहरूलाई अनलाइन जुवा तथा सट्टाबाजीमा प्रयोग गरिएका