जिल्ला प्रहरी परिसर काठमाडौंले सञ्चालन गरेको स्विप अपरेसनका क्रममा २४ घण्टामा १२१ जना पक्राउ परेका छन् । काठमाडौंका विभिन्न स्थानमा उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमा सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालय, सार्वजनिक स्थल तथा यातायातका साधनमा सेवाग्राही र सर्वसाधारणमाथि हातपात, हुलहुज्जत, दुर्व्यवहार, चोरी, लुटपाट, बिचौलियागिरी तथा गुण्डागर्दीजस्ता आपराधिक गतिविधि गर्ने व्यक्ति र विभिन्न मुद्दामा