घण्टा-घण्टामा बाढीको पूर्वसूचना : नदीको अवस्था ‘रियल टाइम’ निगरानी

  • बुधबार ७ असो २०८३ १०:४९ AM
काठमाडौं । सम्भावित भारी वर्षासँगै बाढी र पहिरोको जोखिम बढ्ने भएपछि सरकारले नदीको जलसतह र विपद्को अवस्था निरन्तर निगरानी गर्दै सर्वसाधारणलाई घण्टा–घण्टामा पूर्वसूचना दिने भएको छ । आगामी शुक्रबारदेखि आइतबारसम्म (असोज ८, ९ र १० गते) देशका अधिकांश भू–भागमा भारी वर्षाको सम्भावना रहेकाले विपद् जोखिम न्यूनीकरण तथा प्रतिकार्यको तयारीस्वरूप पूर्वसूचना प्रणालीलाई थप चुस्त बनाइएको हो