काठमाण्डु – प्रहरी हौं भनी डरत्रास र धाकधम्की दिएर रकम असुल गर्ने कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा चन्द्रागिरी नगरपालिका–२ बसुन्डोल बस्ने ३१ वर्षीय रोशन सुर्खेती र २६ वर्षीय सन्जय बिसुंखे रहेका छन् । चन्द्रागिरी नगरपालिका–७ थानकोटस्थित स्वास्थ्य क्लिनिकमा बिहीबार साँझ अपरिचित मानिसहरू प्रवेश गरी मेडिकलहरू अनुगमन गर्न