नागरिक लगानी कोषलाई समयानुकूल बनाउन सरकार प्रतिबद्ध

  • बुधबार ७ असो २०८३ ०९:४५ AM
अर्थमन्त्री एवं कार्यवाहक प्रधानमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको पुँजी परिचालनमा पारदर्शिता, व्यावसायिक अनुशासन र जोखिम व्यवस्थापनलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन् । बुधबारको प्रतिनिधि सभा बैठकमा नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३ माथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले सांसदहरूले व्यक्त गरेका साझा चिन्ता र सुझावलाई सरकारले गम्भीरतापूर्वक लिएको बताए