एमाले बैठकमा मोहनमायाले भनिन्- पार्टीलाई एकताबद्ध बनाएर स्थानीय तहको निर्वाचनमा जुटौं

  • बुधबार ७ असो २०८३ ०८:४३ AM
काठमाडौं । एमाले केन्द्रीय सदस्य मोहनमाया ढकालले पार्टीलाई एकता बनाएर स्थानीय तहको निर्वाचनको तयारीमा जुट्नुपर्ने बताएकी छन् । पार्टीको जारी केन्द्रीय कमिटीको तेस्रो बैठकमा बुधबार अध्यक्ष केपी ओलीको प्रतिवेदनमा आफ्ना धारणा राख्दै ढकालले फागुनको निर्वाचनले पार्टीलाई ठुलो धक्का दिएको र त्यसका पराकम्प अझै आइरहेको बताइन् । ढकालले स्थानीय तहको चुनावमा आउन सक्ने झन् ठुलो धक्काको आजैबाट प्रतिरोध गर्ने सामर्थ्य पार्टीले तयार गर्नुपर्ने बताइन् । ‘पार्टीप्रति जनतामा किन किन निराशा छाएको छ । त्यसको एक धक्का हामीले गत निर्वाचनमा व्योहोर्‍यौं । त्यसको पराकम्प साम्य नहुँदै अर्को चुनावी धक्काको तयारी हुँदैछ,’ ढकालले भनिन्, ... The post एमाले बैठकमा मोहनमायाले भनिन्- पार्टीलाई एकताबद्ध बनाएर स्थानीय तहको निर्वाचनमा जुटौं appeared first on Kalika Khabar.