मधेशका किसानबाट १० हजार मेट्रिक टन धान खरिद गर्दै आरजु राइस मिल
काठमाडौं । आरजु राइस मिल प्रालिले मधेश प्रदेशका किसानबाट करिब १० हजार मेट्रिक टन जिरा मसिनो वर्षे धान खरिद गर्ने योजना सार्वजनिक गरेको छ । प्रस्तावित खरिदको मूल्य ३९ करोड रुपैयाँभन्दा बढी हुने कम्पनीले जनाएको