विमानस्थलबाट चुरोट तथा सुर्तीजन्य पदार्थ बरामद

  • बुधबार ७ असो २०८३ ०८:०५ AM
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा विदेश लैजान लागिएको चुरोट तथा सुर्तीजन्य पदार्थ प्रहरीले बरामद गरेको छ । विमानस्थलको प्रस्थानतर्फ यात्रुका ब्यागेज एक्सरे मेसिनमार्फत सुरक्षा जाँच गर्ने क्रममा शङ्का लागेपछि अनुसन्धान गरिँदा विभिन्न ब्रान्डका चुरोट तथा सुर्तीजन्य पदार्थ फेलापरेको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ । प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार, शिखर, सूर्य, क्याप्टेन, पाइलोट