नेपालमा बाढीले पुर्‍याएको क्षतिप्रति जलवायु कोषका प्रमुखको चासो

  • बुधबार ७ असो २०८३ ०८:१६ AM
काठमाडौं । हानी–नोक्सानी सम्बोधन कोषका कार्यकारी निर्देशक इब्राहिमा चेइख डियोङले नेपालजस्ता जलवायुजन्य विपद्बाट प्रभावित देशलाई तत्काल वित्तीय स्रोत उपलब्ध गराउन द्रुत संयन्त्र आवश्यक रहेको बताएका छन् । अमेरिकाको न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा जारी ८१औँ महासभामा बोल्दै उनले जलवायु वित्तलाई केवल संस्थागत विषयका रूपमा नभई मानवीय समस्याका रूपमा पनि हेर्नुपर्ने बताए । उनले नेपालमा आएको बाढीबाट