आरजु राइस मिल प्रालिले मधेश प्रदेशका किसानबाट करिब १० हजार मेट्रिक टन जिरा मसिनो वर्षे धान खरिद गर्ने योजना सार्वजनिक गरेको छ । प्रस्तावित खरिदको मूल्य ३९ करोड रुपैयाँभन्दा बढी हुने कम्पनीले जनाएको छ । कम्पनीका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतले मधेश प्रदेशका मुख्यमन्त्रीलाई पत्र लेख्दै सर्लाही र रौतहटका किसानबाट सरकारले तोकेको न्यूनतम समर्थन मूल्यका आधारमा