काठमाण्डु – मधेश प्रदेशमा स्वास्थ्य विज्ञानको उच्चस्तरीय अध्ययन, अनुसन्धान तथा दक्ष जनशक्ति उत्पादनका लागि रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना तथा सञ्चालनसम्बन्धी विधेयक, २०८३ संघीय संसद्मा दर्ता भएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले प्रतिनिधिसभामा विधेयक दर्ता गर्नुभएको हो। नेपालको संविधानले प्रत्याभूत गरेको स्वास्थ्यसम्बन्धी हक सुनिश्चित गर्न स्वास्थ्य क्षेत्रमा आवश्यक लगानी अभिवृद्धि