भारी वर्षाको जोखिम : लामो दूरी र रातिको यात्रा नगर्न आग्रह

  • बुधबार ७ असो २०८३ ०८:०९ AM
काठमाण्डु– देशका विभिन्न क्षेत्रमा भारी वर्षासँगै बाढी र पहिरोको जोखिम बढेपछि यातायात व्यवसायी राष्ट्रिय महासङ्घले यात्रु तथा चालकलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ । महासंघले असोज ८ देखि १२ गतेसम्म विपद्को जोखिम उच्च रहने भन्दै अत्यावश्यक कामबाहेक लामो दूरी तथा रातिको समयमा यात्रा नगर्न सर्वसाधारणलाई अपिल गरेको हो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा