काठमाडौं । नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले बुधबार बिहान मन्त्रालयमा आयोजित कार्यक्रममा कार्यकारी निर्देशक श्रेष्ठलाई शपथ ग्रहण गराएका हुन् । सपथ ग्रहण कार्यक्रममा मन्त्री श्रेष्ठले प्रणाली निर्माण गरेर निष्ठापूर्वक काम गर्न नवनियुक्त कार्यकारी निर्देशकलाई निर्देशन दिए ।