महँगी नियन्त्रण र विपद् पूर्वतयारीबारे सरकारको ध्यानाकर्षण

  • बुधबार ७ असो २०८३ ०७:३२ AM
नेपाली कम्युनिष्ट पार्टीकी सांसद बलावती शर्माले दैनिक उपभोग्य वस्तुको मूल्य निरन्तर बढिरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद शर्माले तरकारी, खाद्यान्न, मासु, तेललगायत दैनिक उपभोग्य वस्तुको मूल्य बढ्दा सर्वसाधारण मारमा परेको बताइन् । उनले बजारमा रायोसाग प्रतिकेजी २७० रुपैयाँ, चिनी १७० रुपैयाँ, कुखुराको मासु करिब ५०० रुपैयाँ तथा खसी–बोकाको मासु