मासु जाँच ऐन कार्यान्वयनमा कडाइ, १२ टास्क फोर्स प्रदेश र स्थानीय तहमा परिचालन

  • बुधबार ७ असो २०८३ ०७:४१ AM
पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ कार्यान्वयनलाई तीव्र बनाउन पशु सेवा विभागले प्रदेश र स्थानीय तहमा परिचालन हुने १२ वटा प्राविधिक टास्क फोर्स गठन गरेको छ । विभागले टोलीका सदस्यलाई अभिमुखीकरण सम्पन्न गरिसकेको जनाएको छ । महानिर्देशक डा. उमेश दाहालले संघीय सरकारका तर्फबाट प्रदेश र स्थानीय तहलाई ऐन कार्यान्वयनमा आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउन