काठमाडौँ। सरकारले नेपाल विज्ञापन बोर्डको कार्यकारी अध्यक्ष पदमा सन्तोष श्रेष्ठलाई नियुक्त गरेको छ। मन्त्रिपरिषद्को असोज २ गतेको निर्णयअनुसार काठमाडौँ महानगरपालिका–१४ निवासी श्रेष्ठलाई बढीमा चार वर्षका लागि उक्त जिम्मेवारी दिइएको हो। नवनियुक्त अध्यक्ष श्रेष्ठले सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनासमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन्। शपथपछि सञ्चारमन्त्री तिमिल्सिनाले विद्यमान कानुनको प्रभावकारी कार्यान्वयन र लोककल्याणकारी विज्ञापन