काठमाण्डु– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले भोटेकोसी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीले नेपालको ऊर्जा क्षेत्रमा ठूलो क्षति पुर्याएको बताएका छन् । बुधबार प्रतिनिधि सभामा बोल्दै मन्त्री श्रेष्ठले विपद्पछिको ऊर्जा क्षेत्र पुनरुत्थानका लागि मात्रै प्रारम्भिक रूपमा ३ खर्ब ९० अर्ब ६२ करोड बराबरकाे क्षति भएकाे बताएका छन्। मन्त्री श्रेष्ठका अनुसार बाढीबाट प्रभावित जलविद्युत्