विज्ञापन बोर्डको अध्यक्षमा श्रेष्ठ नियुक्त

  • बुधबार ७ असो २०८३ ०७:०४ AM
काठमाण्डु– विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त भएका छन् । मन्त्रिपरिषद्को असोज २ गतेको निर्णयअनुसार श्रेष्ठलाई बोर्ड अध्यक्ष नियुक्त गरिएको हो। उनले बुधबार सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनासमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन्। शपथपछि मन्त्री तिमिल्सिनाले विज्ञापन क्षेत्रमा देखिएका समस्या समाधान गर्दै नियमन र व्यवस्थापनलाई प्रभावकारी बनाउन नवनियुक्त अध्यक्ष श्रेष्ठलाई निर्देशन दिएका छन्।