ललितपुरसहित छुट्टाछुट्टै स्थानमा पाँच जना मृत फेला

  • बुधबार ७ असो २०८३ ०५:५७ AM
काठमाडौँ । झापा, ललितपुर र कैलालीका विभिन्न स्थानमा गरी मङ्गलबार पाँच जना मृत अवस्थामा फेला परेका छन्। झापाको गौरीगञ्ज गाउँपालिका–१ र गौरादह नगरपालिका–९ को बीच भागमा रहेको कमला खोलामा नाम, थर र वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरुष मृत अवस्थामा फेला परेका हुन्। त्यस्तै ललितपुर महानगरपालिका–४ जावलाखेल चोकमा पनि नाम, थर र वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरुष मृत अवस्थामा भेटिएका छन्। ललितपुरकै बागमती गाउँपालिका–१ टिकाभैरव घुसेलस्थित छाला बेसीमा रहेको बागमती खोलाको किनारमा सर्लाही लालबन्दी नगरपालिका–१४ घर भएका ८२ वर्षीय बखत सिंह लो तामाङको शव फेला परेको छ। यसैगरी कैलालीको लम्कीचुहा नगरपालिका–४ गिधिनियास्थित ... The post ललितपुरसहित छुट्टाछुट्टै स्थानमा पाँच जना मृत फेला appeared first on Kalika Khabar.