भूमि प्रशासन कार्यालयद्वारा गत आवमा ७४ करोड ८६ लाख राजस्व सङ्कलन

  • बुधबार ७ असो २०८३ ०५:५९ AM
बाँके : भूमि प्रशासन कार्यालय नेपालगन्ज बाँकेले गत आर्थिक वर्ष २०८२–८३ मा ७४ करोडभन्दा बढी राजस्व सङ्कलन गरेको छ । ‘जेनजी’ प्रदर्शनका क्रममा २०८२ भदौ २४ गते भएको आगजनीबाट कार्यालय भवन र कागजपत्रसँगै जलेर नष्ट भएपछि भूमि प्रशासन कार्यालय नेपालगन्ज बाँकेले हाल विद्युतरोडमा भाडाको भवनबाट कार्यालय सञ्चालन गर्दै आएको छ । भाडाको भवनबाटै कार्यालयले पुँजीगत लाभकर, रजिष्ट्रेसन दस्तुर, फारम र पूर्जा बिक्री तथा अन्य शीर्षकबाट गरी ७४ करोड ८६ लाख २९ हजार १०८ राजस्व सङ्कलन गरेको भूमि प्रशासन कार्यालयका प्रमुख सन्तोष विकले जानकारी दिए । उनका अनुसार गत आर्थिक वर्षमा कार्यालयले सबैभन्दा ... The post भूमि प्रशासन कार्यालयद्वारा गत आवमा ७४ करोड ८६ लाख राजस्व सङ्कलन appeared first on Kalika Khabar.