काठमाण्डु – संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपालका हिमालमा तीव्र गतिमा हिमनदी पग्लिरहेकोबारे आफूले तीन वर्षअघि दिएको चेतावनी अहिले यथार्थमा परिणत भएको बताएका छन् । तीन वर्षअघि सगरमाथाको काखबाट दिएको चेतावनीलाई नेपालमा हालै देखिएका बाढी तथा पहिरोजस्ता विनाशकारी प्राकृतिक विपद्ले थप पुष्टि गरेको महासचिव गुटेरेसले बताएका हुन् । संयुक्त राष्ट्रसंघको ८१ औँ महासभाको मंगलबार उद्घाटन