काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडले आज असोज ७ गतेदेखि नयाँ म्युचुअल फण्ड बिक्री खुला गरेको छ । क्यापिटलले ‘एनआईसी एशिया इक्वीटी अपोर्चुनिटी फण्ड’ नामक बन्दमुखी म्युचुअल फण्डको इकाई बिक्रीमा ल्याएको हो । क्यापिटलका अनुसार प्रतिइकाई १० रुपैयाँका दरले कुल ८० करोड रुपैयाँ बराबरको ८ करोड इकाई निष्काशन गरिएको छ । यसमध्ये १५ प्रतिशत अर्थात्