काठमाडौं । कार्यवाहक प्रधानमन्त्री एवं अर्थमन्त्री स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा बुधबार बिहान भएको भेटवार्तामा देशको समसामयिक राजनीतिक तथा आर्थिक अवस्थालगायत विषयमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ। भेटमा पछिल्लो परिस्थितिबारे कार्यवाहक प्रधानमन्त्री वाग्लेले राष्ट्रपतिलाई जानकारी गराएको बताइएको छ।