एजेन्सी । युद्धको विभीषिका खेपिरहेको गाजा पट्टीमा तीन वर्षको लामो अन्तरालपछि शनिवारदेखि प्रत्यक्ष कक्षा (इन–पर्सन लर्निङ) सुरु भएको छ । इजरायल–हमास द्वन्द्वका कारण थिलथिलो बनेको शैक्षिक क्षेत्रमा अब विद्यार्थी भत्किएका संरचना वा अस्थायी टेन्टहरूमा बसेर आफ्नो पढाइलाई निरन्तरता दिइरहेका छन् । प्यालेस्टिनी शिक्षा तथा उच्च शिक्षा मन्त्रालयका अनुसार, गाजामा करिब ५ लाख ४१ हजार विद्यार्थी