एजेन्सी । दक्षिण कोरियाको एक पुनरावेदन अदालतले पूर्व राष्ट्रपति युन सुक–योलकी पत्नी किम केअन–हीलाई दिइएको सात वर्षको जेल सजाय घटाएर पाँच वर्ष कायम गरेको छ । मंगलवार सिओल उच्च अदालतले गरेको फैसलामा केही अभियोगहरूमा उनलाई सफाइ दिँदै सजायमा दुई वर्ष कटौती गरिएको हो । सिओल उच्च अदालतले सरकारी पद विक्री र भ्रष्टाचारसम्बन्धी मुद्दामा सुनुवाइ गर्दै