मलेसियामा तलब र ज्यालामा सुधारः सन् २०२५ मा औसत मासिक कमाइ ४.१ प्रतिशतले बढ्यो

  • बुधबार ७ असो २०८३ ०४:४२ AM
एजेन्सी । मलेसियामा सन् २०२५ मा नागरिकहरूको औसत मासिक तलब र ज्यालामा ४.१ प्रतिशतको वृद्धि देखिएको छ । मलेसियाको तथ्यांक विभागले सोमवार सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनअनुसार औसत मासिक कमाइ ३,८०३ रिंगित (करिब ९३३ अमेरिकी डलर) पुगेको छ । तथ्यांक विभागकाअनुसार मध्यम मासिक तलबमा भने ५.३ प्रतिशतको वृद्धि देखिएको छ, जसले २,९४० रिंगितको विन्दु छोएको छ