सूर्यज्योति लाइफको एजेन्सी अवार्ड नाइट सम्पन्न, उत्कृष्ट अभिकर्ता तथा शाखा सम्मानित

  • बुधबार ७ असो २०८३ ०५:०४ AM
काठमाडौँ। सूर्यज्योति लाइफ इन्स्योरेन्स लिमिटेडको ‘एजेन्सी अवार्ड नाइट–२०८३’ ललितपुरको ग्वार्कोस्थित होटेल रोयल ट्युलिपमा सम्पन्न भएको छ। आर्थिक वर्ष २०८२/०८३ मा उत्कृष्ट व्यावसायिक प्रदर्शन गर्दै कम्पनीको व्यवसाय विस्तारमा योगदान पुर्‍याएका देशभरका करिब ३०० जना चिफ एजेन्सी म्यानेजर, स्टार एजेन्सी म्यानेजर, इन्स्योरेन्स एडभाइजर तथा अभिकर्ताहरू कार्यक्रममा सहभागी थिए। कार्यक्रममा उत्कृष्ट व्यवसाय गर्ने विभिन्न विधाका एजेन्सी म्यानेजर तथा