काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले ग्लोबल साउथका मुलुकहरू विश्वव्यापी निर्णय प्रक्रियामा प्रभावकारी रूपमा सहभागी हुनुपर्ने बताएका छन् । उनले विकासशील मुलुकहरू अरूले बनाएका नियम पालना गर्ने अवस्थाबाट अघि बढेर आफैँ नियम निर्माण गर्ने भूमिकामा पुग्नुपर्नेमा जोड दिए । संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहका अवसरमा न्युयोर्कमा आयोजित ग्लोबल साउथका समान विचारधारा भएका मुलुक तथा मित्र