भारी वर्षाको चेतावनीपछि पर्यटन बोर्डले भन्यो : ‘पदयात्रा र आरोहणमा उच्च सतर्कता अपनाउनुहोस्’

  • बुधबार ७ असो २०८३ ०४:५१ AM
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले देशका विभिन्न भू–भागमा भारीदेखि अति भारी वर्षाको चेतावनी दिएपछि नेपाल पर्यटन बोर्डले पदयात्रा, हिमाल आरोहण तथा अन्य पर्यटकीय गतिविधिमा संलग्न सबैलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । बोर्डले विशेषगरी असोज ९ गते शुक्रबारदेखि ११ गते आइतबारसम्म गण्डकी र लुम्बिनी प्रदेशलगायतका क्षेत्रमा प्रतिकूल मौसमको सम्भावना रहेकाले आवश्यक परे पर्यटकीय गतिविधि