काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले आज संयुक्त राज्य अमेरिकाको न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावासको अवलोकन गरेका छन् । संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा सहभागी हुने क्रममा उनले न्युयोर्कमा रहेको महावाणिज्य दूतावासको अवलोकन गरेको उनको सचिवालयले जनाएको छ । त्यसक्रममा मन्त्री खनाल महावाणिज्यदूत दधिराम भण्डारीद्वारा आयोजित ‘ब्रिफिङ’ कार्यक्रममा सहभागी हुने थिए । कार्यक्रममा महावाणिज्य दूतावासबाट सम्पादन भइरहेका