काठमाण्डु – संयुक्त अरब इमिरेट्स (यूएई)को ध्वजावाहक वायुसेवा कम्पनी फ्लाई दुबईले बुधबारदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबई-पोखरा-दुबई रुटमा नियमित उडान सुरु गर्दैछ। २०७९ पुस १७ गते देखि सञ्चालनमा आएको विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान हुन नसकिरहेका बेला फ्लाई दुबईको नियमित उडान सुरु गर्न लागे हो । अन्तर्राष्ट्रिय उडानका लागि आवश्यक सम्पूर्ण तयारी तथा पूर्वाधार व्यवस्थापनको काम पूरा