परराष्ट्रमन्त्री शिशिर खनालले न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलोकन गरेका छन्। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुने क्रममा उहाँले न्युयोर्कमा रहेको महावाणिज्यदूतावासको अवलोकन गरेका हुन्। त्यस क्रममा मन्त्री खनाल महावाणिज्यदूत ददीराम भण्डारीद्वारा आयोजित ब्रिफिङ कार्यक्रममा सहभागी भएका हुन्। कार्यक्रममा महावाणिज्यदूतावासबाट सम्पादन भइरहेका कार्य, सेवा प्रवाह तथा नेपाली समुदायसँग सम्बन्धित विषयमा जानकारी प्रस्तुत गरिएको थियो। सो अवसरमा परराष्ट्रमन्त्री