बाढीपछिको पुनर्स्थापनामा अमेरिकाले नेपाललाई थप ३ करोड १० लाख डलर दिने

  • बुधबार ७ असो २०८३ ०३:४९ AM
भोटेकोशीसहित विभिन्न क्षेत्रमा आएको बाढीबाट क्षतिग्रस्त संरचना पुनर्स्थापना गर्न अमेरिकाले नेपाललाई थप ३ करोड १० लाख अमेरिकी डलर सहयोग गर्ने भएको छ। परराष्ट्रमन्त्री शिशिर खनाल र अमेरिकी राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री एलिसन हुकरबीच न्युयोर्कमा भएको भेटवार्ताका क्रममा अमेरिकाले थप सहयोगको योजना सार्वजनिक गरेको हो। भेटमा नेपाल–अमेरिका सम्बन्धका साथै भोटेकोशी बाढीपछिको उद्धार, राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका विषयमा