महोत्तरी । चुरे शिखरको उद्गमस्थलदेखि पूर्वपश्चिम राजमार्गको रातुपुलबाट एक किलोमिटर दक्षिणसम्म रातु नदीले महोत्तरी र धनुषा जिल्ला छुट्याउँछ । करिब २८ किलोमिटरको यो दूरीबीच नदीका दायाँबायाँका वन क्षेत्रमा निर्मित पोखरी चुरेकाछका मात्र नभएर तलसम्मकै बस्तीका लागि जीवनदायिनी बनेका छन् । रातु वारिपारिका यो क्षेत्रमा २१३ पुनर्भरण पोखरी छन् । गत वर्ष कम पानी प¥यो ।