नेपाली कांग्रेसको पालिका अधिवेशन आजदेखि

  • बुधबार ७ असो २०८३ ०२:४० AM
काठमाण्डु – नेपाली कांग्रेसको पालिका तहको अधिवेशन बुधबारदेखि देशैभर हुँदैछ । कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण गर्ने क्रममा पालिका अधिवेशन हुन लागेको हो । केही स्थानबाहेक देशभरका वडामा उत्साहजनक र शान्तिपूर्ण रूपमा नेतृत्व चयन सम्पन्न भइसकेको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ । बाढी पहिरोबाट प्रभावित नुवाकोट र धादिङका सबै वडामा मङ्गलबार