सम्भावित भारी वर्षालाई दृष्टिगत गर्दै काभ्रेपलाञ्चोकका विभिन्न जोखिमयुक्त क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गर्दै सचेतना अभियान अगाडि बढाइएको छ । जिल्लास्थित सशस्त्र प्रहरी बल नेपाल नं १५ गण हेडक्वाटर र नेपाल प्रहरीले मङ्गलबारदेखि सम्भावित जोखिमयुक्त क्षेत्र दोलालघाट, रोशी खोला आसपास, भकुण्डेबेँसीलगायतका क्षेत्रका विद्यालय तथा सार्वजनिक स्थलमा माइकिङ तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ । मनसुनजन्य