इलाम । इलामको रोङ गाउँपालिका–५ देवनथापमा दाउरा बोकेको ट्र्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । मंगलबार साँझ देवनथापबाट झापाको बुद्धशान्तितर्फ जाँदै गरेको प्रदेश १–०४–००१ त १२३६ नम्बरको ट्र्याक्टर भित्री सडकखण्डमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ