अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित

  • बुधबार ७ असो २०८३ ०१:५९ AM
म्याग्दी । बारीमा लटरम्म फलेर पाक्न थालेको अकवरे खुर्सानी देखेर बेनी नगरपालिका–३ भकिम्लीका गोविन्द किसान जती खुसी र उत्साही हुनुहुन्छ त्यो भन्दा बढी खुर्सानी कहाँ लगेर कसरी बेच्ने भन्ने पिडाले सताएको छ । ‘गाउँका अन्य किसानको सफलताबाट प्रभावित भएर दुई रोपनीमा लगाएको खुर्सानी पाकेर राताम्मे हुन लागेको छ,’ उनले भने ‘खुर्सानी देखेर खुसी हुनुपर्ने मलाई