काठमाण्डु – बाढी र पहिरोका कारण देशका विभिन्न राजमार्ग तथा सडक बुधबार पनि प्रभावित भएका छन् । प्रहरीका अनुसार काभ्रे, रसुवा, नुवाकोट र धादिङका सडकमा अवरोध तथा जोखिम देखिएको छ । काभ्रेमा बीपी राजमार्गअन्तर्गत खुर्कोट-नेपालथोक-कटुञ्जेबेँसी खण्डमा सम्भावित बाढीको जोखिमका कारण ठूला सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । प्रहरीले असोज ६ गते साँझदेखि बिहानसम्मको अवस्था हेरी