काठमाडौं । सुनसरी–४ का डा. अबुल हुसेन अन्सारीले नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीको राजनीतिक सक्रियता र कांग्रेसको पुस्तान्तरणको विषयलाई लिएर प्रश्न उठाएका छन्। अन्सारीले सामाजिक सञ्जालमार्फत ‘होसियार सुनसरीवासी! फेरि उही पुरानो खेल त सुरु हुँदै छ?’ भन्दै कार्की पुनः केन्द्रीय प्रतिनिधि बनेको विषयमा टिप्पणी गरेका हुन्। उनले कार्कीलाई पुनः केन्द्रमा ल्याइनु कांग्रेसमा भनिएको पुस्तान्तरण र परिवर्तनसँग कति मेल खान्छ भन्ने प्रश्न गरेका छन्। अन्सारीले कांग्रेसमा नयाँ पुस्ताको नेतृत्व र ‘बदल्यौ कांग्रेस, बदल्छौ देश’ भन्ने नाराबारे पनि प्रश्न उठाउँदै नयाँ पुस्ताको कांग्रेस निर्माण गर्ने भनिए पनि पुरानै पुस्ताका नेताहरूलाई केन्द्रमा राखिएको दाबी गरेका ... The post अन्सारीको कडा प्रश्न– ‘बदल्यौ कांग्रेस’ कि पुरानै शैलीको नयाँ रंग ? appeared first on Kalika Khabar.